सीमानामा सुरक्षााकर्मी खटाउने तयारी - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

सीमानामा सुरक्षााकर्मी खटाउने तयारी



काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा बादलले दार्चुलामा सीमा सुरक्षा बढाउने तयारी सरकारले गरेको जानकारी दिएका छन् ।संसदको राज्य व्यवस्था समितिको बैठकमा थापाले यस्तो बताएका हुन् ।

गृहमन्त्री बादलले यसबारे जानकारी दिँदै भने ‘सीमा सुरक्षा चुस्त पार्ने सरकारको रणनीतिक तयारी छ, त्यसक्रममा दार्चुलामा पनि सीमा सुरक्षा विस्तार हुन्छ ।’ तर हाल सीमा सुरक्षामा खटाउने सुरक्षााकर्मी अपुग रहेकाे उनले बताए ।

हालै भारतले सार्वजनिक गरेको आफ्नो देशको नयाँ राजनीतिक नक्सामा लिपुलेक, कालापानी र लिम्पियाधुरासहितका भूभाग आप्नो देशमा पारेपछि विवाद चुलिएका बेला गहृमन्त्रीको यस्तो भनाई आएको हो ।