सीमा अनुगमन अधिकारी घटनास्थलमै नपुगी फर्किए, स्थानीय अाक्रोशित - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

सीमा अनुगमन अधिकारी घटनास्थलमै नपुगी फर्किए, स्थानीय अाक्रोशित



 

धन बहादुर बिक
पुर्नवास ,कञ्चनपुर ।
विवादित सीमा क्षेत्र को स्थलगत अनुगमन गर्न आएका जिल्लाका उच्च अधिकारीहरू सीमा स्तम्भ तथा घटनास्थलमै नपुगि फर्किए पछि स्थानवासीले अाक्रोस जनाएका छन् ।

जिल्लाको दक्षिणी क्षेत्र अन्तर्गत पुनर्वास नगरपालिका ९ मा करिब दुई सातादेखि भारतीय एस एस बि ले हात्ती रोकथामका लागि नेपाली भूमिमा तारबार गर्न अवरोध सृजना गरेपछि विवाद सिमावासी बिच विवाद हुँदै आएको थियो भने दुई सातापछि घटनास्थलमा आएका कञ्चनपुर प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का , कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्ट लगायतको टोली घटनास्थलमै नपुगी फिर्ता भएपछि स्थानीयले अाक्रोस व्यक्त गरेका हुन ।

स्थानियवासीले विवादित सीमा स्तम्भ नम्बर १९४ र १९५ मा गई अनुगमन गरिदिन आग्रह गर्दा समेत अानाकानी गरी सीमा स्तम्भ देखि अन्दाजी दुई सय मिटर नेपाल तर्फ बाटै फिर्ता भएकोमा स्थानीयले चर्चाले को आलोचना गरेका छन् ।

सीमाको अवलोकन गर्न आउने तर सीमामै नपुगी फर्किने यो भन्दा लाचारीपन के हुन सक्छ स्थानीय बन्धु रानाले बताए । सरकारका अधिकारीहरू सीमा अनुगमन गर्न अाएकोमा हामीले जुन अपेक्षा गरेका थियौ सीमा स्तम्भ मै नपुगी फिर्ता हुनु सरकारको निकम्मापन देखिएको छ स्थानीय श्याम परियारले भने । अाक्रोसित स्थानीयवासीले सयौँ सुरक्षाकर्मीको उपस्थितिमा आएका जिल्लाका अधिकारीलाई ढुंगामुढा को प्रयास समेत गरेका थिए । देशै नरहे नेपाली को अस्तित्व कहाँ रहला र पुनर्वास नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नारायण जैसीले भने ।

अहिलेसम्म सिमाक्षेत्रका जनताले सीमाको सुरक्षा गरे तर भारतीय पक्षले एकतर्फी रूपमा सीमा अतिक्रमण गरिरहँदा समेत सरकारले कुनै पहल गर्न नसक्नु लज्जास्पद विषय रहेको नेपाली काङ्ग्रेस का अमरजन सावँदले बताए ।

सीमा विवाद सुल्झाउन त्यति सजिलो विषय नरहेको र भारतसँग जोडिएको सिमानामा सिमाङ्कनको काम चलिरहेको अवस्थामा कूटनीतिक पहलले समस्या सुल्झाईने प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताए ।

उक्त सीमा स्थलगत अनुगमनमा प्रमुख जिल्ला अधिकारी , प्रहरी प्रमुख सहित पुनर्वास नगरपालिका का प्रमुख जिवनराज थापा , उप प्रमुख शारदा विष्ट धामी लगायतको उपस्थिति रहेको थियो । सयौँको सङ्ख्यामा रहेका स्थानीयवासीले चर्को आलोचना गरेपछि सीमा अनुगमन गर्न आएका जिल्लाका उच्च अधिकारी हरू कुलेलाम ठोकेका थिए भने आफ्नो भूमिको रक्षाका लागि कडा आन्दोलन गर्दै जाने स्थानीयले बताएका छन् ।