नवराज सिलवाल विरुद्ध उजुरी - Himal Post Himal Post
  • ७ चैत्र २०८१, शुक्रबार
  •      Fri Mar 21 2025
Logo

नवराज सिलवाल विरुद्ध उजुरी



काठमाडौं।

सर्वोच्च अदालतको फैसलापछी प्रहरी सेवाबाट राजिनामा दिएका पुर्व डिआईजी नवराज सिलवालले ललितपुर क्षेत्र नं १ बाट उम्मेद्वारी दिएपछि बिबादमा तानिएका छन् ।

कम्युनिष्ट गठबन्धन अन्तर्गत एमालेबाट ललितपुरको प्रतिनिधिसभा क्षेत्र नं १ मा मनोनयन दर्ता गराएका पूर्व डीआइजी नवराज सिलवाल विरुद्ध उजुरी परेको छ ।

सिलवाल उम्मेदवार बन्न योग्न नभएको दाबी गर्दै ललितपुरकै स्थानिय विकाससिंह तामाङले शुक्रबार उजुरी दर्ता गराएका हुन। जिल्ला निर्वाचन कार्यालय अन्तर्गत क्षेत्र नम्बर १ का अधिकृत सुरेशराज खनालले सिलवाल विरुद्ध उजुरी परेको पुष्टी गरे।

तामाङले निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाबाट स्वतन्त्र उम्मेदवरी दर्ता गरेका छन् ।

यो उजुरी अघी नै सिलवाललाई चुनौति दिन खडा भएका उमेद्वार गुण बहादुर थापा पनि उनको लागि टाउको दुखाइ भएका छन्।

आफूलाई मिटर व्याज लगाएर सिलवालले घर न घाटको बनाएको आरोप सहित जनताबाट न्याय पाउने आस गर्दै थापा आफ्नो उमेद्वारी दिएको बताउँदै आएका छन्।

आफूलाई आइजिपी हुन नदिएको न्याय जनताले दिने भनेर चुनावमा आएका सिलवाललाई थापाले पिडकको रुपमा अगाडी सारेका छन्।

प्रहरीमा हुँदा ज्यादती गरेर मलाई घर न घाटको वनाउनेले चुनाव जीतेर सत्तामा आए के गर्दा होलान उनले मनोनयन दर्ता पछि बताएका थिए।

प्रहरीले थुप्रै मिटर व्याज लगाउनेहरुलाई नियन्त्रणमा लिएपनि शक्तिको आडमा आफू जस्तालाई सिलवालले घर घाटको बनाएको उनले सुनाए।