ललितपुर–१ बाट एमालेका नवराज सिलवाल पराजित
काठमाडौं – ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् ।
उनी नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै निर्वाचित भएका हुन् ।
मत गणना सकिएको तर औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
क्षेत्रबाट २०७४ सालमा उदयशमशेरलाई एमालेका सिलवालले हराएका थिए ।