३६ सय ७५ मतले सिलवालको अग्रता !
ललितपुर/मङ्सिर २३
ललितपुरको क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार नवाराज सिलवाल आफ्नो अग्रता बढाउदै लगेका छन् । पछिल्लो अपडेटअनुसार उनले ३६ सय ७५ मतले अघि छन् ।
सिलवालको १६ हजार ६ सय २२ मत छ भने उनका प्रतिस्पर्धी कांग्रेसका उदयशमशेर राणाको १२ हजार ९ सय ४७ मत छ । ललितपुर १ मा पूर्वडिआईजी सिलवालले सुरुदेखि नै अग्रता लिएका छन् ।