स्टेजकी जोडदार गायिका सिलुको मन छुने गीत ! - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

स्टेजकी जोडदार गायिका सिलुको मन छुने गीत !



गायिका भट्टराई स्टेजमा जोडदार प्रस्तुति दिने गायिकाको सूचिमा पर्छिन् । उनले दर्जनौं गीतहरुमा समुधुर आवाज दिएकी छन् । फास्टविटका गीतहरुमा उनको गाएकी अब्बल सावित भईकेको थियो । त्यो भन्दा राम्रो सिरियस गीतमा पनि उनले फिलिङ्समा गायकीलाई प्रस्तुत गरेकी छन् ।गायिका सिलु भट्टराई र कृष्ण सुनारको स्वरमा नयाँ लोक दोहोरी गीत बजारमा आएको छ । गायिका भट्टराईले सायदै यस्ता विरहका भाकाहरुमा आवाज दिएकी थिईनन् भन्ने दर्शकको अनुमान सत्य नै हो ।

उनले भाकाका गीतहरु पनि सहजै गाउन सक्छिन् भन्ने यो गीतले प्रष्ट पारेको छ । ‘मायामा धनको मात’ बोलको गीतमा गायिका भट्टराईलाई कृष्ण सुनारले स्वरमा साथ दिएका छन् । मधु परियारका कर्णप्रिय शब्द तथा विष्णु भण्डारीको सुमधुर लय रहेको छ ।शुभारम्भ डिजिटलले बजार व्यबस्थापन गरेको उक्त गीतको भिडियो एन बि भट्टले गरेका छन् । छायांकन बासु कार्कीले गरेका छन् भने मनोज कार्कीले भिडियो सम्पादन गरेका छन् ।