सिद्धार्थ बिजनेश ग्रुपले मनायो आफ्नो २१ औं वार्षिकोत्सव - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सिद्धार्थ बिजनेश ग्रुपले मनायो आफ्नो २१ औं वार्षिकोत्सव



‘सिद्धार्थ होटल टीकापुरमा १८ पिन्ट रगत संकलन’

लोकेन्द्र रावल
टीकापुर । सिद्धार्थ बिजनेश ग्रुपले २१ औं वार्षिकोत्सव मनाएको छ । ग्रुपका २२ वटा शाखाले बिविध कार्यक्रम गरेर बुधबार २१ औं वार्षिकोत्सव मनाएका हो ।
टीकापुरस्थित सिद्वार्थ होटलले बुधबार रक्तदानको आयोजना गरि मनाएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाका सभापति जगदिश्वर पण्डितले केक काटेर रक्तदानको उद्घाटन गर्नुभएको हो । उहाँले रगत जुनसुकै बेला पनि चाहिने भएकोले रगतको कमि नहुन दिनका लागि रक्तदान कार्यक्रम एक महत्वपूर्ण कार्य हो भन्नुभयो । दिर्घरोगी, सुत्केरी, दुर्घटनाका बेला बढि माग हुनेभएकोले त्यो समयमा रगतको कमि नहुनदिनका लागि हामि सबै सजग रहनु पर्ने बताउनुभयो ।

सिद्धार्थ बिजनेश ग्रुपले आफ्नो २१ औं वार्षिकोत्सव का अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेर जनमानस मा चेतना फैलाउने कार्य गरेको भन्दै उहाँले आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

जन्मदिनको अवसरमा कसैले घरमै रक्तदान कार्यक्रम गर्छन भने रेडक्रसका प्राविधिक घरमै पुग्ने पनि बताउनुभयो ।

कार्यक्रममा टीकापुर उद्योग बाणिज्य संघका बाणिज्य तर्फका उपाध्यक्ष सुरेन्द्रकिशोर गिरी, नेपाल रेडक्रस सोसाईटी टीकापुर उपशाखा का रक्तसंयोजक टेकराज बिनाडी लगायतको उपस्थिती रहेको थियो ।

सिद्धार्थ होटलमा आयोजना गरेको रक्तदान कार्यक्रममा १८ पिन्ट रगत संकालन भएको सिद्धार्थ होटल टीकापुर शाखाका म्यानेजर छत्र बोगटीले जानकारी दिनुभयो ।

त्यस्तै चिसापानीस्थित सिद्धार्थ होटलले बौनियाँस्थित साहारा घरलाई खाद्यान्न र शैक्षिक सामाग्रीहरु बितरण गरेको पनि म्यानेजर बोगटीले जानकारी दिनुभयो ।
सिद्धार्थ बिजनेश ग्रुपले निकट भविश्यमा कञ्चनपुरको महेन्द्रनगर र झापाको बिर्तामोडमा होटेलहरु संचालन गर्ने तयारी गरिरहेको प्रमुख अधिृकत कृष्ण यौपानेले जानकारी दिनुभयो ।

कैलालीको टीकापुरबाट २०५४ साल माघ २३ सानो नास्ता पसलबाट हस्पिटालिटी ब्यबसाय सुरु गरेको सिद्धार्थ ग्रुपका २२ वटा शाखाहरु हाल रहेको ग्रुपका प्रमुख अधिकृत कृष्ण न्यौपानेले जानकारी दिनु भयो ।