सिद्धार्थ जबरा बने व्यक्तिगततर्फ ठुलो करदाता (सूचीसहित) - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

सिद्धार्थ जबरा बने व्यक्तिगततर्फ ठुलो करदाता (सूचीसहित)



काठमाडौं : नेपालको सबैभन्दा बढी कर तिर्ने करदाताको सूची सार्वजनिक भएको छ। आठौँ कर दिवसको अवसर पारेर आन्तरिका राजश्व विभागले सूची सार्वजनिक गरेको हो ।

सुर्य नेपाल करदाताको पहिलो नम्बरमा आउन सफल भएको छ । यस्तै क्षेत्रगत हिसावमा १५ करदाताको सूची तयार गरेको छ। निर्यातकर्तामध्ये सबैभन्दा धेरै कर तिर्नेमा डाबर नेपाल प्रा. लि छ। व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्नेमा सिद्धार्थ शमशेर जबरा परेका छन् ।

सार्वजनिक गरेको सूचीमा कृषि एवं पशुपक्षी उद्योग, सहकारी तथा लघुवित्त, बैंक र वित्तीय संस्था, बिमा व्यवसाय, स्वास्थ्य तथा शिक्षा सेवा लगायत विभिन्न क्षेत्रगत आधारमा बढी कर तिर्ने करदाताको नाम समावेश छ ।

सार्वजनिक गरिएको सूची यस्तो छ

ठूलो करदाता – सुर्य नेपाल प्रा.लि.
निर्यातकर्ता- डाबर नेपाल प्रा.लि.
उद्योग (मदिरा र चुरोटबाहेक) – जगदम्बा स्टिल
कृषि – अन्नपूर्ण एग्रो
सहकारी तथा लघुवित्त- छिमेकी लघुवित्त
बैंक तथा वित्त – राष्ट्रिय वाणिज्य बैंक
बीमा व्यवसाय – नेपाल लाइफ इन्स्योरेन्स
स्वास्थ्य शिक्षा – मणिपाल नेपाल
सूचना तथा सञ्चार – वर्ल्ड लिङ्क
व्यापार तथा व्यवसाय- अग्नि इनकर्पोरेट
व्यक्तिगततर्फ – सिद्धार्थ शमशेर जबरा