सिद्धबाबामा पहिरो: २ गाडी पुरीए - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

सिद्धबाबामा पहिरो: २ गाडी पुरीए



बुटवल–पाल्पा र बुटवलको सिमानामा पर्ने सिद्धबाबा नजिकै पहिरो गरेको छ। पहिरोमा परी २ वटा गाडी पुरिएको जनाइएको छ।

शुक्रबार विहान गएको पहिरोमा बुटवलबाट बागलुङ जाँदै गरेको यात्रुबाहक जीप पुरिएको छ । चालक कमल परियारको मृत्यु भएको छ । यस्तै पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको स्कार्पीओ जीप पनि पहिरोमा पुरिएको छ ।

प्रहरीका अनुसार २ वटा गाडी पुरिएको बताइएको छ । लु१ज २६१७ नम्बरको यात्रुबाहक जीपमा सवार ४ जना गम्भिर घाइते भएका छन् भने अन्य यात्रु सामान्य घाइते भएका छन् ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।