सिद्धबाबालाई १० वर्ष कैद हुने - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

सिद्धबाबालाई १० वर्ष कैद हुने



काठमाडौं– बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्ध १० वर्ष कैदको सजाय माग गर्दै मुद्दा दर्ता भएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत सुनसरीमा मुद्दा दर्ता गरेको हो।

आफ्नै एक अनुयायीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई २५ दिनअघि पक्राउ गरेको थियो।

२५ दिनसम्म अनुसन्धान सकेर बिहीबार मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। तर, गिरी भने अहिलेसम्म हिरासत नभएर अस्पतालमै बसिरहेका छन्।

गिरीविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) ‘ङ’ अनुसार सजाय माग दाबी गरिएको छ।

यस दफा अनुसार १८ वर्ष वा सो भन्दा बढी उमेरका महिलालाई बलात्कार गरेमा ७ वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था छ