सिद्धबाबामा पहिरोमा गाडी पुरियो - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

सिद्धबाबामा पहिरोमा गाडी पुरियो



काठमाडौं- सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्डको सिद्धबाबामा खसेको पहिरोले बोलेरो जीप पुर्दा एक जनाको ज्यान गएको छ।

स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको लु २ च ७३८७ नम्बरको जीपमा माथिबाट खसेको ढुंगाले च्यापेर एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

सिद्धबाबा नजिकै सडकमा माथिबाट खसेको ढुंगाले च्यापेर घाइते भएका जीपमा सहचालक स्याङ्जा वालिङ नगरपालिकाका २३ वर्षीय आशिष खाँणको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

जीप चालक चापाकोट नगरपालिका-५ स्याङ्जाका २६ वर्षीय डिलु थापा घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल बुटवलमै उपचार भइरहेको प्रहरीले जनाएको छ। सिद्धबाबा सडक क्षेत्रमा यसअघि पनि माथिबाट ढुंगा खसेर दुर्घटना हुने गरेका छन्।