बलात्कार आरोपी सिद्धबाबाले गरे आत्मसमर्पण - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

बलात्कार आरोपी सिद्धबाबाले गरे आत्मसमर्पण



सुनसरी- बलात्कारका अभियुक्त कृष्णबहादुर गिरी ‘सिद्धबाबा’ले आत्मसमर्पण गरेका छन्। उनले सुनसुरी जिल्ला अदालतसमक्ष आत्मसमर्पण गरेका हुन्।

अनुयायीलाई बलात्कार गरेको आरोपमा उनीविरुद्ध मुद्दा परेको थियो। त्यसमा सुनसुरी जिल्ला अदालतले पुर्पक्षका लागि धरौटीमा रिहा गरेको थियो। उनी मंसिर १६ गते तीन लाख धरौटी बुझाएर रिहा भएका थिए।

त्यसका विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत गुहारेको थियो। माघ ९ गते उच्च अदालत विराटनगरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

तर, उनी आदेश आउनु अघि नै भागेका थिए। प्रहरीका अनुसार, उनी भारतमा बस्दै आएका थिए ।

प्रहरीले खोजी तिव्र पारेपछि उनले आत्मसमर्पण गरेको जनाएको छ। उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।