सिद्धार्थ गौतम बुद्ध क्यामपसले मनायो औलो उन्मुलन दिवस - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

सिद्धार्थ गौतम बुद्ध क्यामपसले मनायो औलो उन्मुलन दिवस



बुटवल । सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा विश्व औलो दिवसको अवसरमा विभिन्न कार्यक्रम ‘सदाका लागि औलोको अन्त्य गरौ’ औलो बाट बच्न झुलको प्रयोग गरौँ भन्ने नाराका साथ सिद्धार्थ गौतम बुद्ध क्याम्पस बुटवलले विश्व औलो दिवसको अवसर पारी आज बुटवलमा औलो उन्मुलन दिवस मनाएको छ ।

आज सिद्धार्थ गौतम बुद्ध क्याम्पसले विश्व औलो दिबसको अवसरमा क्याम्पसको संस्थागत सामाजिक उत्तरदायित्व सर्कलको समायोजनमा बिहान आठ बजे क्याम्पस परिसर बाट प्रभातफेरी यार्ली निकाली बुटवलको मैनाबगर , नेपालगन्ज रोड , हाटबजार हुँदै क्याम्पस प्राण्गडमा आई कोण सभामा परीणत भएको थियो ।

प्रभातफेरी कार्यक्रमकाका प्रमुख अतिथी तथा जिल्ला जनस्वास्थ्य कार्यालय भेक्टर कन्ट्रोल अधिकृत केदारनाथ साहले जनस्वास्थ्यले गर्ने कार्यक्रम क्याम्पसका बिद्यार्थी तथा प्राध्यापकहरुको सक्रियतामा यस्ता कार्यक्रम भएको हुँदा आफू आभारी रहेको बताए ।

उनले स्वास्थ्य सम्बन्धि कार्यक्रम गरि युवा बर्गमा थप जनचेतना फैलाउन खोजेकोमा क्याम्पसलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

क्याम्पस ब्यबस्थापन समितीका अध्यक्ष हिरा प्रसाद श्रेष्ठ, क्याम्पस प्रमुख बाबुराम पाण्डे, बुटवल उपमहानगरपालिका वडा न १ का वडा अध्यक्ष महेन्द्र प्रसाद लिगल र वडा न ५ का वडा अध्यक्ष तेज प्रसाद सेन्चुरी लगाएतले वोल्दै नेपालमा बर्सेनि करिब एक हजारको हाराहारीमा प्रयोगशालाबाट प्रमाणित औलो रोगी भेटिने गरेकाले यसवाट वच्न आफ्नो टोल र समुदाय सफा राख्न र झुलको प्रयोग गर्न आग्रह गरेका थिए ।

संथागत सामाजिक उत्तरदायित्व संयोजक दिनेश प्रसाद बश्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । साथै अतिरिक्त क्रियाकलाप समितीले स्नातक तह प्रथम बर्षमा अध्यनरत विद्यार्थीहरुको लागी योगा कक्षाको सन्चालन सम्पन्न गरिएको छ ।

बिहान ६ः३० बजेबाट ८ः३० बजे सम्म योगा प्रशिक्षक एबम प्राध्यापक मनोज प्रसाद सापकोटाले प्रसिक्षण गराएका थिए । ’योगा फर ह्याल्थ एण्ड ह्यापिनेस ’ नाम रहेको कार्यक्रममा इसिए संयोजक बिजु पछाईको सभापतित्व र क्याम्पस प्रमुख बाबुराम पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।