सिमा विवाद चलिरहँदा ‘मोदीका दुत’ सुटुक्क किन आए काठमाडौं ?
काठमाडौं- भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूभाग समेटेर उत्पन्न विकराल परिस्थितिकाबिच भारतीय पूर्व राजदुत सुटुक्क नेपाल आएका छन् ।
तत्कालिन समयमा सात दल र माओवादीबीच दिल्लीमा भएको १२ बुँदे सहमतिका योजनाकार मानिएका श्याम सरण नेपाल आउनुलाई अर्थपूर्ण रूपमा लिइएको छ।
भारतले नेपालको सिमा क्षेत्रमा गरेको अतिक्रमण विरुद्ध नेपालको जनस्तरमा भारतविरोधी अभियान चलिरहेको बेला उनि नेपाल आएका छन् । श्याम सरन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पनि विश्वासपात्र मानिन्छन । भारत विरुद्धको प्रदर्शन बढ्दै जाँदा पूर्व भारतीय राजदूत श्याम सरण काठमाडौं आएर राजनीतिक भेटघाट सुरु गरेको स्रोतले जनाएको छ।
२००४ देखि २००६ सम्म विदेश सचिव भएर काम गरेका श्याम सरण नेपाली राजनीतिका जानकार मानिन्छन।
स्रोतका अनुसार उनले प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै मधेस केन्द्रित दलका शीर्ष नेताहरुसँग भेट्ने कार्यक्रम रहेको बताइएको छ ।
भारतले आफ्नो नक्शामा नेपाली भूमी समेटेको विषयमा व्यापक बिरोध भैरहेको छ । नेपाल सरकारले पनि यो विषय अमान्य भनेको छ । आइतबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट भारतीय सेना फिर्ता लैजान र नेपाली भूमी फिर्ता गर्न भारतलाई सार्वजनिक अपिल गरेका छन्।