अन्तत: शुल्क फिर्ता गर्न मेडिकल कलेज तयार - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

अन्तत: शुल्क फिर्ता गर्न मेडिकल कलेज तयार



काठमाडौं- अतिरिक्त शुल्क उठाएका मेडिकल कलेजहरु शुल्क फिर्ता गर्न तयार भएका छन्।

बैठकमा मेडिकल कलेज संचालकहरुले आन्तरिक छलफल गर्नुपर्ने भन्दै लिखित प्रतिबद्धताका लागि भोलिसम्मको समय माग गरेका थिए।

मेडिकल कलेज संचालकहरुले आन्तरिक छलफल गरी भोलिसम्म लिखित प्रतिबद्धता जनाउने भएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अल्टिमेटम सकिएपछि पनि शुल्क फिर्ता नभएको भन्दै सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाउने जानकारी दिन मेडिकल कलेज संचालकहरुलाई मन्त्रालय बोलाएका थिए।

सरकारले दिएको १५ दिने अल्टिमेटम सकिएपछि सोमबार शिक्षा मन्त्रालयमा भएको छलफलमा निजी मेडिकल कलेज संचालक शुल्क समायोजन गर्न तयार भएका हुन्।

यसअघि आजै गृह मन्त्रालयमा बसेको बैठकले शुल्क फिर्ता गर्न अटेर गर्ने मेडिकल कलेजहरूलाई बुधबारदेखि कारबाही थाल्ने निर्णय गरेको थियो।