शुभकामना आदानप्रदान तथा गजल वाचन प्रतियोगिता सम्पन्न - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

शुभकामना आदानप्रदान तथा गजल वाचन प्रतियोगिता सम्पन्न



ललित जाग्री / सुखड ।
घोडाघोडी साहित्यिक मञ्चको आयोजनामा
कैलालीको घोडाघोडी नगरपालिका १ सुखड स्थित घोडाघोडी बहुमुखी क्याम्पसमा विजया दशमी तथा शुभ दीपावलीको शुभकामना आदानप्रदान र गजल वाचन प्रतियोगिता बिहिबार सम्पन्न भएको छ ।

घोडाघोडी साहित्यिक मञ्चका अध्यक्ष भरत कुमार शाहीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिमा घोडाघोडी नगरपालिका वडा न. १ का वडाध्यक्ष मनराज शाही, विशिष्ट अतिथिमा घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष जियालाल आचार्य र घोडाघोडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दिनेश राज जोशी रहनु भएको थियो । त्यस्तै अतिथिहरुमा घोडाघोडी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख भवानी प्रसाद तिवारी, नारायण प्रसाद अम्मै, प्रध्यापक संघ सभापति दिपिका भट्ट, अनुसन्धान विभागिय प्रमुख पुष्पराज जैशी, मानविकी संकाय विभागिय प्रमुख प्रेम राज चौधरी, प्रध्यापक विनोद कुमार खड्का, बिरेन्द्र कुँवर, स्ववियु सभापति जीवन विसी लगायतका रहनु भएको थियो।

कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै घोडाघोडी नगरपालिका वडा न. १ का वडाध्यक्ष मनराज शाहीले व्यक्तिमा कला छ भने राष्ट्र भित्र मात्र नभई अन्तर्राष्ट्रिय जगत सम्म पनि पुग्न सक्ने र विद्यार्थीको कला लाई
प्रतिवादको रुपमा अगाडि बढाउनका लागि सधैं आफ्नो सहयोग रहने बताउनुभयो ।

घोडाघोडी साहित्यिक मञ्चले आयोजना गरेको गजल वाचन प्रतियोगितामा प्रशान्त डि.सी.ले प्रथम, प्रशान्त बोहराले द्वितीय र पार्वती बिष्टले तृतीय स्थान हासिल गर्नु भएको थियो । घोडाघोडी साहित्यिक मञ्चका सदस्य ललित जाग्रीको स्वागत मन्तव्य संगै सरु भएको कार्यक्रमको सञ्चालन सचिव बिनु ढुङगानाले गर्नु भएको थियो ।