श्रमिकका मुद्दालाई परराष्ट्र र श्रम मन्त्रालयसम्म पुर्‍याउँछु:केसी - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

श्रमिकका मुद्दालाई परराष्ट्र र श्रम मन्त्रालयसम्म पुर्‍याउँछु:केसी



ओमान –राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले श्रमिकका मुद्दालाई परराष्ट्र र श्रम मन्त्रालयसम्म पुर्‍याउने बताउनुभएको छ ।

ओमानमा रहेका महिला कामदार तथा नेपाली श्रमिकका समस्यालाई नजिकबाट बुझ्न पाएको भन्दै उहाँले नेपाल फर्किएपछि उनीहरुका समस्या परराष्ट्र र श्रम मन्त्रीसम्म पुराउने बताउनुभएको हो ।

ओमान नेपाली एकता समाजको शुक्रबार भएको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘काम राम्रो भएपनि घरेलु काममा आएका महिला नेपाल फर्किएपछि श्रम स्वीकृती नपाउने चिन्ताले घर फर्किन नपाएको भए यो समस्या तत्काल सम्बोधन गरिनुपर्छ ।’

ओमानमा रहेको नेपाली दूतावासले यहाँ बलियो उपस्थिती देखाएको भन्दै दुई देशबिचको सम्बन्ध बलियो बनाउन पहल गरिरहेको उहाँले बताउनुभयो ।उज्यालो अनलाईनको सहयोगमा