श्रीमती बनाउँछु भन्दै जबरजस्ती करणी गरी बेच्न खोज्ने विरुद्ध मुद्दा दर्ता - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

श्रीमती बनाउँछु भन्दै जबरजस्ती करणी गरी बेच्न खोज्ने विरुद्ध मुद्दा दर्ता



मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध कार्यरत संस्था के. आई. नेपाल र नेपाल प्रहरीको सहयोगमा जबरजस्ती करणी गरी सत्य लुकाउन भारतमा लगी बेच्ने योजना बनाइ सीमा कटाउन लागेका दोलखा घर भएको वर्ष २७ का ईराज गिरी विरुद्ध जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार विरुद्ध मुद्दा दर्ता गरिएको छ ।

भर्खर मात्र १५ वाट १६ वर्षमा प्रवेश गरी एस. ई. ई परीक्षाको लागि मिहेनतका साथ परीक्षाको तयारी गरी आफ्नो परिवारसँगै रहेको समयमा परिवर्तीत नाम (अमृता) ले कल्पनासम्म पनि गरेकी थिइनन् कुनै दिन आफैमाथि कसैको कुदृष्टि पर्छ अनि सोच्दै नसोचेको कुराले यति धेरै दःख अनि पिडा सहनुपर्छ भनेर ।

इलाका प्रहरी कार्यालय, काँकडभिट्टा झापामा जर्बजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी जाहेरी दिने क्रममा पीडित बालिकाका अनुसार आफ्नो इच्छा विपरीत दुई छोराछोरीको बाबु रहेका उक्त व्यक्तिले काम विशेषले बाहिरबाट घर फर्कने क्रममा तलाई मेरो श्रीमती बनाउँछु भनी जबरजस्ती करणी गरी घटनाको बारेमा कसैलाई भनेमा मार्ने धम्की दिई त्यहाँबाट भागेको बताएकि छिन् ।

गत फागुनमा घटेको घटनाको बारेमा कसैलाई नभनि बसेकी प्रभावितले आफ्नो समयमानै हुनपर्नै महिनावारी नभएपछि पिडकलाई भेटी महिनावारी नभएको कुरा सुनाउँदा फेरी पनि डर धम्की दिई चेकजाँच गर्नको लागि सँगै भारत जाने क्रममा काकड्भिट्टा झापा पुर्याइ सीमा पार गर्न लाग्दा बालिकालाई के.आई. नेपाल झापाले सोधपुछ गर्ने क्रममा रोकी बेचबिखन हुनबाट बचाएको छ ।

आफूलाई भएको समस्याको समाधान नेपालमा नहुने र भारतमा मात्र चेकजाच संम्भब रहेको भनी झुटो आश्वासन दिई सीमा पार गराउन लागेको अभियुक्त माथि पहिला जबरजस्ती करणी पछि बेच्ने उदेश्यले भारत लग्न लागेको शङ्का लागि के.आई.नेपालको सहयोगमा अभियुक्त विरुद्ध जबरजस्ती करणी मानव बेचबिखन तथा ओसारपसार विरुद्ध दिइएको जाहेरी पश्चात् दोलखा सदरमुकाम चरीकोटमा मुद्दा दर्ता गरिएको छ ।

आर्थिक वर्ष २०७३/ ७४ मा विभिन्न ६ वटा शाखा कार्यालय मार्फत ११वटा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको मुद्दा दर्ता परी पीडितलाई न्याय दिलाउन क्रियाशील सामाजिक संस्था के.आई.नेपालले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न १४ जना संकास्पद व्यक्तिलाई पक्राउ परी सजाय दिलाउन सफल भएको छ भने हाल तिन महिनाको अवधिमा १३ वटा मुद्दा दर्ता गरी आवश्यक प्रक्रिया अगाडि बढाउन के. आई. नेपालको प्रभावकारी भूमिका रहेको छ ।