श्रीलंकामा हमलापछि काठमाडौंमा हाई अलर्ट ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

श्रीलंकामा हमलापछि काठमाडौंमा हाई अलर्ट !



काठमाडौं– श्रीलंकामा भएको आतंकवादी हमलापछि काठमाडौंमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

श्रीलंकामा २ सय ९० जनाको ज्यान जानेगरी आइतबार भएको आत्मघाती आक्रमणपछि काठमाडौंको सुरक्षा ‘हाईअलर्ट’ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान तथा कार्य विभागले समेत देशभर सुरक्षा प्रबन्ध मजबुत पार्न सातै प्रदेश प्रहरी प्रमुखसहित महानगरीय प्रहरी प्रमुख शैलेस थापा क्षेत्रीलाई निर्देशन दिएको छ ।

महानगरीय प्रहरी प्रमुख डीआईजी शैलेस थापा क्षेत्रीले श्रीलंका आक्रमणपछि छिमेकी देश भएकाले नेपालमा समेत त्यसको प्रभाव पर्न सक्ने आँकलनका साथ सुरक्षा हाई अर्लट पारिएको जानकारी दिए ।

‘श्रीलंकामा आक्रमणलगत्तै हामीले उपत्यकास्थित प्रहरी इकाइलाई अर्लट गराएका छौं,’ डीआईजी क्षेत्रीले भने, ‘विदेशी पर्यटकका गन्तब्य हितका स्थानको सुरक्षा प्रवन्ध मजबुत बनाएका छौं ।’