बालुवाटारमा शिक्षामन्त्री श्रेष्ठको चर्को आलोचना: बैठकमै मागियो राजीनामा - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

बालुवाटारमा शिक्षामन्त्री श्रेष्ठको चर्को आलोचना: बैठकमै मागियो राजीनामा



काठमाडौं- नेकपा एमाले ओली समुहले आलुवातार्मा राखेको बैठकमै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गरिएको छ ।

बुधबार बालुवाटारमा डाकिएको महाधिवेशन आयोजक कमिटिको अन्तिम बैठकमा गण्डकी प्रदेश अध्यक्षसमेत रहेका पूर्वमन्त्री जगत विश्वकर्माले जातीय विभेद गर्ने सरस्वती प्रधानलाई लिफ्ट दिएका शिक्षामन्त्री तथा एमाले नेता श्रेष्ठको राजीनामा मागेका छन् ।

बैठकमा उनले एमालेको नेता तथा मन्त्री जस्तो व्यक्तिले जातीय विभेद गर्ने व्यक्तिलाई आफ्नो गाडीमा राखेर छुटाउन जानु अशोभनीय भन्दै तत्काल राजिनामा गर्न भनेका थिए । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकमै उनले राजीनामा मागेपछि अन्यहरूले पनि मन्त्री श्रेष्ठको आलोचना गरेका थिए ।

बैठकमै कतिपयले श्रेष्ठ ओली निकट भएकैले त्यस्ता हर्कत गरेको बताएका थिए । यसअघि स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले पनि श्रेष्ठले क्षमायाचना गर्नुपर्ने बताएका थिए ।

एमाले बैठकमा मन्त्री श्रेष्ठले आत्मालोचना गरेको भन्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले श्रेष्ठलाई सचेत गराएको बिषय बताइएको थियो । सहभागी एक नेताका अनुसार मन्त्री श्रेष्ठको बैठकमा चर्को आलोचना भएको बताए ।