श्रीमती बलात्कार गर्नेलाई ३ वर्ष जेल - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

श्रीमती बलात्कार गर्नेलाई ३ वर्ष जेल



ताप्लेजुङ — आफ्नै श्रीमतीसँग इच्छाबेगर जबर्जस्ती यौनसम्पर्क राखेको आरोपमा एकजना पुरुषले तीन वर्षको जेल सजाय पाएका छन् ।

घटना नेपालको हो । जिल्ला अदालत ताप्लेजुङका न्यायाधीश कृपासुर कार्कीले बुधबार श्रीमान्लाई ३ बर्ष कैद सजाय र ५० हजार क्षतिपूर्ती दिलाउन आदेश दिएका हुन् ।

२०७१ साउन ३० गते प्रहरीमा दर्ता भएको जाहेरी भदौ ३० गते अदालत पुगेको श्रेष्तेदार गोपाल थापाले बताए । प्रतिवादी फरार रहेकोले फागुन २७ गते मुलतवी राखिएको मुद्दा दुई वर्षपछि ०७४ माघ २६ गते ब्युतिएको थियो ।

पीडितले जाहेरीमा श्रीमान्ले कान्छी श्रीमति लिएर भागेको र केहि सयमपछि फर्केर आफुमाथि जबरजस्ती करणी गरेको उल्लेख गरेकी थिइन् ।