पुरानो राष्ट्र गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाउँदा दुई जना पक्राउ - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

पुरानो राष्ट्र गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाउँदा दुई जना पक्राउ



बुटबल । पुरानो राष्ट्र गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाउँदा बुटबलवाट शाही युवा शक्तिका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रितम केसी र रुपन्देहीका अध्यक्ष महेन्द्र विश्वकर्मालाई २८ वैशाखमा बुटवलको ट्राफिकचोकमा भएको भेलामा उक्त गीत बजाएको भनी पक्राउ गरिएको हो । उनीहरुलाई अभद्र व्यवहारको मुद्धा चलाइएको छ ।

शाही युवा शक्तिले पक्राउ गरिएका कार्यकर्ता रिहाईको माग गरेको छ । उसले रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । केसीका परिवारले पत्रकार सम्मेलन गरी उनी अनशनमा रहेको र स्वास्थ्य विग्रन थालेको जानकारी दिएका छन् ।