श्रीलंका आक्रमणः यसरी गिर्जाघरमा पसेका थिए आक्रमणकारी, भिडियो भयो सार्वजनिक - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

श्रीलंका आक्रमणः यसरी गिर्जाघरमा पसेका थिए आक्रमणकारी, भिडियो भयो सार्वजनिक



एजेन्सी । अन्ततः श्रीलंकामा भएको आक्रमणबारे केही प्रमाणहरु सार्वजनिक भएका छन् । श्रीलङ्कामा आइतबार ३ सय ५० बढिको ज्यान जानेगरी भएको विस्फोटनमध्ये एउटा गिर्जाघरमा एकजना सन्दिग्ध आक्रमणकारी छिरेको भिडियो सार्वजनिक भएको हो ।

ती व्यक्ति कालो झोला बोकेर गिर्जाघरभित्र छिरेको भिडियो फुटेजमा देखाइएको छ । उनले गिर्जाघर भित्र पसेको केही क्षणमा नै विस्फोटन भएको थियो । भिडियोमा ठुलो झोला पछाडी बोकेर उनी गिर्जाघर गएको प्रष्ट देखिन्छ ।

इस्टर पर्वको दिन गराइएका आठ वटामध्ये त्यो एउटा आक्रमण थियो । श्रीलङ्कामा शृङखलाबद्ध विस्फोटनको केही समयपछि मिथ्या समाचार फैलिन थालेपछि सरकारले समाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने कठोर निर्णय लियो ।

घटनामा परि मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानी समेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ ।

बिस्फोटबाट करिब ५०० व्यक्ति घाइते भएका छन् । उपचार गराइरहेका घाइतेमध्ये अझै केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालहरुले जनाएका छन् ।

घटनाको जिम्मेवारी आइएसआइएसले एक विज्ञप्ति जारी गर्दै लिएको थियो ।