काठमाडौं उडेको विमान झापा पुगेपछि… - Himal Post Himal Post
  • ५ फाल्गुन २०८२, मंगलवार
  •      Tue Feb 17 2026
Logo

काठमाडौं उडेको विमान झापा पुगेपछि…



बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण भएको छ।

आज बिहान ७ बजेर २५ मिनेटमा उडेका श्री एयरलाइन्सको ४४० विमान ९ बजेर ६ मिनेटमा झापाको चन्द्रगढी विमानस्थलमा अवतरण भएको हो।

नेपालगन्जबाट काठमाडौंका लागि उडेको उक्त विमान भिजिबिलिटी कम भएपछि झापामा आवतरण गरिएको थियो।

चन्द्रगढी विमानस्थलमा केहीबेर बसेर मौसम सफा भएसँगै उक्त विमान काठमाडौंका लागि उडिसकेको छ। उक्त विमान ८०–८२ सीटको भएको बताइएको छ।