फ्रि भिसा र फ्रि टिकट, कतार र दुबईसँग श्रम नवीकारण, ४ देशसँग नयाँ श्रम सम्झौता - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

फ्रि भिसा र फ्रि टिकट, कतार र दुबईसँग श्रम नवीकारण, ४ देशसँग नयाँ श्रम सम्झौता



काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा कामदार आपूर्ति गदै आएका सबै देशसँग अनिवार्य श्रम सम्झौता गर्ने लक्ष्य लिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पछिल्लो समय श्रम सम्झौताका लागि रोजगारदाता देशसँगको छलफललाई तीव्रता दिएको छ ।

श्रम मन्त्रालयले दुई देशसँग तत्काल श्रम नवीकरणका लागि प्रक्रिया अघि बढाइरहेको जनाएको छ । मन्त्रालयले कतार र युएईसँग श्रम नवीकरणका लागि आवश्यक छलफल भइरहेको जानकारी दिएको हो । यी देशसँग श्रम सम्झौता भइसकेकाले पुनरावलोकन गरि पुनः श्रम सम्झौता गर्न लागिएको मन्त्रालयले जनाएको छ । कतारसँग सन् २००५ र युएईसँग सन् २००७ एमओयु भएको थियो । साउदी, ओमान, जापान र मौरिसससँग भने नयाँ श्रम सम्झौता गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ ।

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको लागत न्यूनीकरण गर्न र ठगी रोक्न सरकारले विभिन्न मुलुकसँग श्रम सम्झौताका लागि प्रयास र छलफल गरिरहेको बताइएको छ ।

‘नेपाल सरकारले तत्काल कतार, युएई र जापानसँग श्रम सम्झौताका लागि टुंगो लागेको छ । एक महिनाभित्र यी देशसँग सरकारीस्तरमा श्रम सम्झौतामा हस्तक्षर हुँदै छ । रोजगारीमा जाने प्रायः सबै देशसँग श्रम सम्झौता गर्ने नीति सरकाले लिएको छ । साउदी ओमान, जापान र मौरिसससँग नयाँ श्रम सम्झौता हुदै छ ।’

श्रम मन्त्रालयले फ्रि भिसा र फ्रि टिकटमै कामदार पठाउने गरी श्रम सम्झौता गर्न लागेको जनाएको छ । रोजगारीमा जाने श्रमिकलाई तल परेर सम्झौता हुने छैन । मन्त्रालयस्रोतले जनायो ।

श्रम मन्त्रालयका अनुसार मौरिसस नयाँ रोजगार गन्तव्य मुलुक नभए पनि खाडीको तुलनामा आकर्षक कमाइ हुने देशभित्र पर्छ । अस्पताल, उद्योगलगायत क्षेत्रमा नेपाली कामदार लैजान मौरिसस तयार देखिएकाले नेपालले श्रम सम्झौताका लागि पहल गरिरहेको श्रम मन्त्रालयले जानकारी दिएको छ ।

श्रम मन्त्रालयले यूएई र ओमनमा पुगेर श्रम सम्झौताका लागि दुई देशका प्रतिनिधिबिच छलफल गरिसकेको छ ।
जापानसँगको श्रम सम्झौता अन्तिम चरणमा पुगेको छ । छुट्टै संयन्त्र बनाएर जापानमा कामदार पठाउने विषयमा दुई पक्षबीच छलफल अन्तिम चरणमा पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

श्रम मन्त्रालयले रोजगारीमा जाने कामदारको रोजगार अधिकार, विमा, स्वास्थ्य र अन्तर्राष्टिय श्रमिक संगठन (आइएलओ) को मापदण्डमा रहेको श्रम सम्झौता गरिने बताइएको छ ।

कात्तिक १२ गते मलेसियासँग ऐतिहासिक सम्झौता भए पनि अझै मलेसिया रोजगारी खुल्न सकेको छैन । सम्झौता हुन लागेका कतार, यूएई र जापानसँग नयाँ ढंगले सम्झौता गरेर कामदार आपूर्ति गरिने मन्त्रालयको भनाइ छ । बहराइन, इजरायल, जोर्डनसँग श्रम सम्झौता भएपनि सम्झौताको प्रभावकारी कार्यान्वयन नहुँदा कामदार जान सकेका छैनन् ।

सम्झौता भएका दक्षिण कोरिया, जोर्डन र बहराइनमा पनि कम कामदार जाने गरेका छन् । दक्षिण कोरियासँग श्रम सम्झौता भएपछि वार्षिक ५ देखि ७ हजार नेपाली रोजगारी जाने गरेका छन् । गएका ३ दर्शकमा करिब ५३ लाख युवा रोजगारीका खोजीमा विदेशीएका छन् ।

हाल वैदेशिक रोजगारीमा संस्थागत १ सय १० र व्यक्तिगत १ सय ७२ देश नेपाली युवा रोजगारीका खोजीमा जाने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।