श्रद्धा कपूरले नेपाली युवकसँग बिबाह गर्ने : को हुने उनि ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

श्रद्धा कपूरले नेपाली युवकसँग बिबाह गर्ने : को हुने उनि ?



काठमाडौं – बलिउड अभिनेत्री श्रद्धा कपूरले प्रेमी रोहन श्रेष्ठसँग अर्को वर्ष विवाह गर्ने खबरहरू आएका छन् ।

भारतका विभिन्न मनोरञ्जन वेबसाइटहरूले दिएको खबरअनुसार, श्रद्धाको परिवार अब उनी सेटल भएको हेर्न चाहन्छ र उनले बिहे गर्ने उमेर भएको मान्यता राख्छ ।

एक स्रोतले बताएअनुसार, ‘श्रद्धाले रोहनसँग एक वर्षअघिदेखि डेटिङ गरिरहेकी छन् । हुन त उनीहरूले एकअर्कालाई लामो समयदेखि चिनेको भए पनि सन् २०१८ देखि डेटिङ गर्न थालेका हुन् । श्रद्धाले फरहान अख्तरसँग सम्बन्ध गाँस्न खोजे पनि असफल भइन् र अब उनी सेटल हुन चाहन्छिन् ।’

‘उनी ३३ वर्षकी भइन् । उनका मातापिताले उनलाई बिहे गर्न भनेका छन् । उनले मातापिताको कुरा सुनेर रोहनसँग विवाहका बारेमा कुराकानी गरेकी छन् । सबै कुरा सही रह्यो भने उनी अर्को वर्ष विवाहिता हुनेछिन् ।’

रोहन सेलेब्रिटी फोटोग्राफर हुन् र उनले श्रद्धासँग केही समयदेखि डेटिङ गरेको भए पनि सम्बन्धमा रहेको कुरालाई सार्वजनिक रूपमा स्वीकार गरेका थिएनन् ।

तर श्रद्धाका पिता शक्ति कपूरले यी हल्लाहरूलाई सीधै अस्वीकार गरे । उनले भने, ‘श्रद्धाको नाम यसअघि पनि थुप्रै अभिनेताहरूसँग जोडिएको छ । रोहनका पिता राकेश मेरा निकट मित्र हुन् । हामीहरू पारिवारिक मित्र हौं । मेरी

छोरीले आफ्नो जीवनमा भइरहेका सबै कुरा मलाई बताउने गरेकी छन् । उनी मातापिताको सहमतिविना कहिल्यै विवाह गर्दिनन् ।’

पिंकभिल्ला नामक वेबसाइटले चाहिँ श्रद्धा र रोहनको विवाह हुन लागेको नभई ब्रेकअप भएको खबर दिएको छ ।

एजेन्सी