श्रद्धाञ्‍जली शुक्रबार बिहान ८ बजे टुँडिखेलमा - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

श्रद्धाञ्‍जली शुक्रबार बिहान ८ बजे टुँडिखेलमा



काठमाडौं– हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रविन्द अधिकारीको शव श्रद्धान्जलीका लागि शुक्रबार बिहान मात्र टुँडिखेलमा राखिने भएको छ।

पोस्टमार्टममा समय लाग्ने भएपछि श्रद्धान्जली बिहीबार सम्भव नभएको हो।

ताप्लेजुङमा बुधबार भएको हेलिकप्ट दुर्घटनामा परी ज्यान गुमाएका सबै सात जनाको शव पोस्टमार्टमका लागि बिहीबार दिउँसो त्रिवि शिक्षण अस्पताल ल्याइ पुर्‍याईएको छ।

टुडिखेलमा श्रद्धान्जली सभापछि अधिकारीको शव उनको गृहनगर पोखरा लगिने कार्यक्रम छ।