एउटा बालक -लघुकथा - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

एउटा बालक -लघुकथा



हरि थापा

मान्छे मान्छे नै हो परिभाषा खोजीरहनु पर्छ जस्तो मलाई लाग्दैन काटे रगत आउँछ ।उसको पनि एक मुठ्ठी सास छ अनि मेरो पनि धेरै मान्छे मु्स्कुराउदै चिल्लो कारमा हुईकिन्छन,जसलाई कसैको बारेमा चासो लाग्दैन तर मलाई त्यही एउटा बालकको विषयमा चासो,उत्सुकता लाग्छ र अन्यलाई पनि म माथि चासो लाग्छ ।

मान्छेहरू अच्चमित पर्ने एउटै कारण छ
फोहोर ठाउँमा एउटा निर्दोष बालक बस्छ
त्यसको अगाडी एउटा नयाँ मोटरसाइकल रोकिएको हुन्छ मात्र यति कुरालाई घुमाउरो पाराले पुलुक्क हेर्दै हुईकिन्छन—
म सधैँ हिँड्ने बाटोमा अचानक एक दिन एउटा बालक देखेको हु केही दिन देखि म उसलाई सधैको ठाउँमा देख्छु ।बोल्न खोज्छु अहँ उ म तिर कहिल्यै हेर्दैन,हो मेरो बानी परेको छ आजकल म बाटो हिड्दा उसलाई न देखे सम्म अाखाँ तानेर हेर्ने गर्छु कहीँ कतै देखिन भने अनयासमा मन अमिलो भएर आउँछ त्यो बालक कहाँ गयो मलाई एकोहोरो यहीँ प्रश्नले सत्ताईरहन्छ।अनि सम्झन्छु निष्ठुरी सरकार,डलरवादि बालउत्थान संस्थाहरू सपना विपनामा डलरले पछ्याईरहेको हुँदो हो हगि…

जब म उसलाई देख्छु मेरा दिनहरू बितेको पत्तो हुँदैन उ को हो मलाई त्यो पनि थाहाँ छैन, कसको छोरा हो त्यो पनि थाहाँ छैन,उ किन यहाँ बस्छ त्यो पनि थाहाँ छैन,उसका परिवार के गर्छन्,म पुर्णरुपमा अनविज्ञ छु र पनि म उसको बारेमा खुब चासो राख्छु ।

मैले उ प्रति राखेको चासोमा हिँड्ने बटुवाहरु मलाई नियाल्न थालेका छन् सोच्दा हुन उ मेरो आफ्नै मान्छे त्यसैले म सधैँ उसको हेरविचार गर्छु सोह्रै अाना गलत उ मेरो कोही मान्छे होइन
जुन मान्छेले मनमनै सोच्दै यसको मान्छे हो त्यसैले यो सधैँ यहाँ बस्ने गर्छ भन्ने भ्रम पालेका छन् उनीहरूको दृष्टिकोण नै आफैँमा गलत साबित हुँदैछ ।

खासमा उ सँग म बोलेको पनि छैन तर सधैँ म उसलाई नजिक बाट हेर्छु उमेरले बाह्र वर्ष जतिको एउटा निर्दोष बालक सधैँ एउटै ठाउँमा हुनु कति अच्चमको कुरा छ। आजसम्म उसलाई कसैले देखेनन् वा देखेर पनि नदेखे झैँ गरे अथवा अंकगणितिय हिसाब गरे उसलाई देख्नुको फाइदा के त? जसले फाइदा हेरे बाटोमा लम्पसार परेर बस्ने एउटा बालक माथि कसैको नजर पुगेन् ।

बाटो हिँड्ने बटुवा,देख्नेहरु उल्टै मुख विगार्दै नाक थुनेर दोैडिने गर्थे म माथि सबैको नजर पर्थ्यो तर त्यो बालक माथि कसैले नजर पुर्‍याउन सकेनन् खुल्ला अाखाँले देखेनन् क्यारे! न सरकारी अाखाँले देख्यो न त गैरसरकारी अाखाँ उ त्यहीँ बालक थियो जो सडक दुर्घटनामा अभिभावक गुमाएको थियो जब मैले चिने उ त्यहाँ थिएन..

त्यहाँ भएका टहरा भत्काईएको थियो डोजर लगाइएको थियो सुकुम्वासी बस्ती ध्वस्त थियो । मैले खोजेको बालक कहाँ गयो कति खोजे कहिल्यै भेटिन ।