नाट्य निर्देशक विजय बिष्फोटको लघु चलचित्र 'सामान' को शुटिंग ओभर - Himal Post Himal Post
  • २९ माघ २०८२, बुधबार
  •      Wed Feb 11 2026
Logo

नाट्य निर्देशक विजय बिष्फोटको लघु चलचित्र 'सामान' को शुटिंग ओभर



लघु चलचित्र “सामान” को छायांकन भर्खरै सकिएको छ l बिगत ३० बर्ष देखि रंगमनचमा सक्रिय नाट्य संस्था रंगसारथीको प्रस्तुतिमा लघु चलचित्र समानको निर्माण हुन लागेको होl

उक्त चलचित्रलाई नाट्य निर्देशक विजय बिष्फोटले निर्देशन गरेका छन् भने कथा पनि स्वयम् बिष्फोटकै रहेको छ l चलचित्र “सामान “मानव अधिकारको बिषयलाइ लिएर निर्माण हुदै छ l निर्देशकले यो केवल नेपाल को मात्र समस्या नभयर पुरा विश्व भरिको समस्या हो भन्दै ‘मान्छे बाचुन्जेल मानव अधिकार खोज्छ मरे पछि मानव अधिकार लागु हुन्छ कि हुदैन ? विदेश जादा प्लेनमा सम्मानका साथ् मानिस सरह लगिन्छ तर तेही मान्छे मर्दा एउटा सामान सरह अरु समान संगै कार्गोमा जोखेर ल्याइन्छ ह्युमन राइट्सले डेड बडीलाई सम्मान गर्नु पर्दैन ?

विभिन्न धर्ममा मान्छे मरिसके पछि आ आफ्नो सस्कार अनुसार दाहा सस्कार गरिन्छ मरेता पनि सम्मानका साथ् अन्त्यष्टि गर्छन तर मानव अधिकार जस्तो सयुक्त राष्ट्र संघको एजेंसिले कुनै वास्ता गरेको छैन हो तेही बिषयलाई उठाएर हामीले एउटा ३० मिनेट जतिको लघु चलचित्र बनाउना लागेका छौ जसको छायांकन भर्खरै सकिएको छ  l

निर्देशक बिष्फोटले पत्रकारसंग कुरागर्दै फिल्म को कथा बताए l यो नेपालको भ्वाइस हो कुनै व्यक्ति बिशेषको होइन भन्दै फिल्मको पोस्ट प्रोडक्सनको काम चुनाव ले गर्दा रोकियाको र अब एक चरणको चुनाव सकिएकोले छिट्टै अगाडी बढ्ने पनि बताए l

लघु चलचित्र ” सामान ” मा कलाकार यस.बि. शाही,ज्योति राइ ,सरिता शाह ,शंकर मैनाली ,रोहानी लामा ,दिलिप खडका , राज भट्टराई ,सरस्वती अधिकारि,कृष्ण शर्मा ,नरेश भुर्तेल आदिले अभिनय गरेका छन् l अभिनित सबै कलाकार थिएटर पृष्ठभूमिकै रहेका छन् l चलचित्र “सामान” कमर्सियल मुभी नभएर आर्ट मुभी रहेको छ भने उक्त चलचित्र लग भग १ बर्षको खोज अनुसन्धान पश्चात निर्माण गर्न लागिएको हो l