शान्ता र मनिताले थाले नयाँ काम, बन्न सक्छ सबैका लागि उदाहरण - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

शान्ता र मनिताले थाले नयाँ काम, बन्न सक्छ सबैका लागि उदाहरण



काठमाडौं । सांसद शान्ता चौधरी र कांग्रेस नेतृ मनिता घिमिरेले राजनीति बाहेक एउटा अनौठो काम सुरु गरेका छन् । उनीहरुले अरु कुनै आश्चर्यको काम थालेका होईनन्,आफ्नो नियमित खर्चका लागि भरपर्दो आम्दानी हुने र अरुको स्वास्थ्यमा पनि उपकार हुने परोपकारी काम थालेका छन्।

शान्ता र मनिताले थालेको नयाँ काम हो – प्राकृतिक साबुनको उत्पादन, त्यो पनि कारखाना स्थापना गरेर होइन आफ्नै निवासमा।

यसको रहस्य खोल्दै शान्ताले सुनाईन्– आज आफ्नै बारे केही कुरा खोल्न मन लाग्यो । म घरमै शतप्रतिशत प्राकृतिक र शुद्ध क्रिम साबुन बनाउँथें । इष्टमित्रलाई अलिअलि बेच्थें पनि । थोरै भए पनि आर्थिक राहत हुने गरेको थियो ।

भाउजू मनिता घिमिरे पनि प्राकृतिक साबुन बनाउनुहुँदो रहेछ । अनि अहिले मनिता भाउजू र म मिलेर अझ उच्चगुणस्तर र प्राकृतिक क्रिम साबुन बनाउन थाल्यौं । साथीभाई इष्टमित्रलाई अलिअलि बेच्न पनि थाल्यौं ।

उनीहरुको हौसला बढाउने कारण यस्तो थियो – हामीले बनाएको क्रिम साबुन लगाएर गोरोपना बढ्यो, दाग, चायाँ पोतो घट्यो भन्ने धेरै हुनुहुन्छ । उहाँहरुले प्रशंसा गर्दा घरभित्र बसेर पनि राम्रो काम गरिएछ भन्ने लाग्छ ।

अहिले कस्तो छ त प्रगति शान्ता भन्छिन् – अहिले निम, गाँजर र कोइलाको पनि साबुन बनाउन थालेका छौं । प्रयोग गर्ने इष्टमित्रहरुले अति उच्च गुणस्तरीय साबुन भन्नुभएको छ । धेरैजनाले घरेलु उद्योग दर्ता गरेर साबुन बनाउन सुझाव दिनुभएको छ । के गरौं भनेर मनिता भाउजूसँग सल्लाह गर्दैछु र सोंच्दैछु ।

मेहनत गरे आम्दानीको विकल्प घर बसिबसी पनि जुटाउन सकिन्छ भन्ने शान्ता र मनिताको यो काम अरु सबैका लागि पनि उदाहरण हुन सक्छ।