डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्वित - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्वित



काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा परेका छन् । उनीमाथि छानबिन गर्न राष्ट्र बैंक बोर्ड बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेकाले उनी निलम्बनमा परेका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार डेपुटी गभर्नरविरूद्ध छानबिन समिति बनेपछि उनी पदबाट स्वतः निलम्बन भएको मानिन्छ ।

आज सोमबार विहान गभर्नर डा. चिरञ्जीवी नेपालको अध्यक्षतामा बसेको बैठकले राष्ट्र बैंक सञ्चालक समित सदस्य श्रीराम पौड्यालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा राष्ट्र बैंककै सञ्चालकद्वय सुवोधकुमार कर्ण र रामजी रेग्मी सदस्य छन् ।

श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धानमा सरकारलाई असहयोग गरेको, बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा लुकाउन सहयोग गरेकोलगायतका आरोप छन् ।
समितिले प्रतिवेदन बुझाएपछि सोही प्रतिवेदनका आधारमा आवश्यक कारवाही हुने बताइएको छ ।

श्रेष्ठ २०७२ फागुनमा नेपाली कांग्रेस कोटामा डेपुटी गभर्नर बनेका थिए ।