शिवरात्रीमा भाङ र भाङ मिसाइएका खानेकुरा विक्री वा सेवन गरेमा कारबाही गर्ने : प्रहरी निरीक्षक जोशी - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

शिवरात्रीमा भाङ र भाङ मिसाइएका खानेकुरा विक्री वा सेवन गरेमा कारबाही गर्ने : प्रहरी निरीक्षक जोशी



विशाल पाण्डेय / सुखड,कैलाली ।
ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरिक्षक यक्षराज जोशीले घोडाघोडी नगर क्षेत्रमा महाशिव रात्रीको अवसरमा सुरक्षा व्यवस्था एकदमै कडा बनाइएको बताएका छन् ।

शिवरात्रिका निहुँमा गाँजा, भाङ, धतुरो लगायत लागुपदार्थ मिसावट गरिएका खानेकुराहरु बिक्रीवितरण तथा सेवन गरेको पाइए कडा भन्दा कडा कारबाही गरिने प्रहरी निरीक्षक जोशिले बताए । प्रहरी निरीक्षक जोशीले घोडाघोडी नगरको शान्ति सुरक्षाका लागी आफुहरु निरन्तर लागी परीरहेको र बिभिन्न टोली मार्फत गस्ती समेत गरीरहेको बताए । उनले भने, ‘प्रहरीले बिगत देखी नै आफ्नो सक्रियता बढाईरहेको छ ,महा शिबरात्रीलाई लक्षित गरी सादा पोसाकमा प्रहरी परिचालन तथा मेला पर्व लाग्ने ठाउँमा आवश्यक प्रहरीहरु खटाएका छौ , यदि लागू पदार्थ सेवन र बेचबिखन गरेको पाइएमा हामीले समातेर कानुन अनुसार कारवाही गर्ने छौं ।’

ट्राफिक व्यवस्थापनको लागि ट्राफिक प्रहरीसंग समन्वय तथा स्थानीय क्लब , राजनीतिक दल र बुद्धिजीवीहरुसंग समन्वय गरि कडा सुरक्षाको व्यवस्था गरिएको समेत प्रहरी निरीक्षक जोशिले हिमाल पोस्टलाई बताए ।

समाजका हरेक सचेत नागरीक प्रहरी भएकाले आफ्नो टोल तथा बस्तीमा शान्ती शुरक्षाका लागी स्वयंले समेत लाग्नु पर्ने बताउदै जोशीले कहि कतै अप्रिय घटना घटेमा वा घट्ने सम्भावना भएमा प्रहरीलाई खवर गर्न समेत आग्रह गरे ।