आज सोमबार: यी काम गरे हुनेछ तपाईंको फलिफाप
सोमवार भगवान शिवको कृपा पाउने खास दिन मानिन्छ । खासमा हिन्दू धर्ममा साताका हरेक बार कुनै न कुनै देवी देवता समर्पित छ ।
तर सोमबारको दिनलाई खास मानिन्छ । आजको दिन शिवलाई प्रसन्न पार्नका लागी यस्ता उपाय गरेको खण्डमा भाग्य चम्किने धार्मीक मान्यता छ ।
शिवलाई प्रसन्न पार्न सोमबार के गर्ने त ?
– सोमवार शिवको आराधना गर्दा सेतो, हरियो, पहेंलो, रातो वा आकाशे निलो रंगको कपडा लगाउनु पर्दछ ।
– पूजामा नटुक्रिएका चामलका अक्षता, चन्दन, धतूरो, दूध, आँक, गंगा जल र बेलपत्र चढाउनु पर्दछ ।
– भगवान शिवलाई फलफूल, घीउ, सख्खर र गँहूको आँटाको बनेको प्रसादको भोग लगाउनु पर्दछ ।
– पूजापछि शिव रक्षा स्त्रोतको पाठ गर्नुपर्दछ । यसले चाँडै शिव प्रसन्न हुने र दुखकष्ट निवारण हुने मान्यता छ । साथै आर्थिक उन्नतिमा समेत लाभदायक हुन्छ ।
– पूजापछि अनिवार्य दान गर्नु पर्दछ । शिवको पूजा पश्चात दूध, दही, सेतो कपडा र सख्खर दान गर्नु उत्तम मानिन्छ ।
– पितृ दोषबाट मुक्ति पाउन सोमवार साँझ काँचो चामलमा कालो तिल मिसाएर दान गर्नु पर्ने मान्यता छ ।
– शिवको पूजा पछि निधारमा चन्दनको टिका लगाउनु पर्दछ । यसो गर्दा कुण्डलीमा रहेको चन्द्र दोषको प्रभाव कम हुने मान्यता छ । साथै मनमा शान्ती छाउने र निर्णय लिने क्षमता समेत वृद्धि हुने धार्मीक विश्वास छ ।