२०७५ भदौ २, शनिबार

अनौठो शिवमूर्ति फेला

May 28, 2018
218 Views
Spread the love
  • 17
    Shares

बेनी/ म्याग्दी। म्याग्दीको मंगला गाउँपालिका–१ कुहूँस्थित तल्लो नुनथला जंगलको बीच भएर बग्ने छहरा खोलामा अनौठो शिवमूर्ति फेला परेको छ ।

घना जंगलको बीचमा, खोलको किनारमा रहेको ओढारमा फेला परेको सो शिवमूर्तिमा पहराबाट पानी रसाएर प्रत्येक ३२ सेकेण्डमा अभिषेक हुने गर्दछ ।

घाँस दाउरा गर्ने क्रममा स्थानीय कालीमाया राम्जाली र पञ्चबहादुर राम्जालीले ओढारको पहरामा शिव आकृतिको मूर्ति, नाग, गणेश र पाञ्चायन देवताको मूर्ति देखेपछि गाउँलेलाई खबर गरेका थिए ।

पहराको विशाल पत्थरमा प्राकृतिकरुपमा नै बनेको शिवमूर्तिमा नागदेवताको आकृतिसमेत रहेको छ । त्यसको दाहिनेतर्फ भगवान् गणेश आकृति र अन्य विभिन्न देवी देवताका आकृति रहेका छन् ।

गाउँको सिरानमा, जंगलको बीचमा रहेको यस स्थानको प्रचारप्रसार र आवश्यक भौतिक पूर्वाधारको निर्माण गर्नसक्ने हो भने यो स्थान आकर्षक धार्मिक एवं पर्यटकीय स्थान बन्न सक्ने दीपशिखा मावि कुहूँका पूर्व प्रधानाध्यापक एवं स्थानीय वुद्धिजीवी भद्रबहादुर जिसीले बताउँछन् । “नाग र शिवको मूर्ति रहेका थाहा पाएपछि स्थानीयले पूजाआजा गर्ने र रेखदेख गर्ने गरेका छन्” जिसीले भने “अहिले स्थानीयको पहलमा सामान्य संरक्षणको काम भएको छ अब यसलाई व्यवस्थित गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नुपर्ने आवश्यकता छ ।”

त्यसैगरी अनौठो मूर्ति अवलोकनका लागि त्यहाँ पुगेका गैरसरकारी संस्था मिलन म्याग्दीका उपाध्यक्ष शिव बानियाँले यस्तो अनकण्टार ठाउँमा अनौठो मूर्ति भेटिनु, प्रत्येक ३२ सेकेण्डमा पत्थरबाट पानी रसाएर अभिषेक हुनु आफैँमा आश्चर्यजनक रहेकाले यसको प्रचारप्रसार गर्नु आवश्यक रहेको बताए ।

अहिले सो स्थानमा स्थानीयले कलश, डमरु र घण्ट लगेर चढाएका छन् । स्थानीयले अबीर, केशरी र अन्य रङले पूजा गर्दा मूर्तिमा रहेका आकृति स्पष्टरुपमा देख्न नसकिने भएको रोकाले बताए ।

मूर्ति अवलोकन र पूजाका लागि स्थानीय भक्तजन आउने क्रम बढ्न थालेपछि पाइपमार्फत पानी ल्याएर खानेपानीको सुविधा पु¥याइएको छ । रासस

Facebook Comments
  • 17
    Shares

You may be interested

अर्जुन पौडेलको सांगीतिक यात्रा सुरु, ‘देखिरन्छु जहिले’ छिट्टै सार्वजनिक हुँदै
मनोरञ्जन
0 shares14 views
मनोरञ्जन
0 shares14 views

अर्जुन पौडेलको सांगीतिक यात्रा सुरु, ‘देखिरन्छु जहिले’ छिट्टै सार्वजनिक हुँदै

विशाल पाण्डेय - २०७५, २ भाद्र २०:५१

काठमाडौँ । गीत संगीत जीवनको एक अभिन्न पाटो हो । यसलाई कसैले नकार्न सक्तैन । संगीतले मानव मष्तिस्कलाई स्फूर्त बनाउँछ…

१५ सदस्यीय टोली घोषणा: पारस कप्तान
खेलकुद
0 shares17 views
खेलकुद
0 shares17 views

१५ सदस्यीय टोली घोषणा: पारस कप्तान

himal post - २०७५, २ भाद्र १८:५२

काठमाडौँ ।  एसिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय टोली शनिबार घोषणा गरिएको छ ।…

उपेन्द्र यादवले किन गरे प्रधानमन्त्रीलाई बहिस्कार ?
राजनीति
0 shares29 views
राजनीति
0 shares29 views

उपेन्द्र यादवले किन गरे प्रधानमन्त्रीलाई बहिस्कार ?

himal post - २०७५, २ भाद्र १८:४८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गरेका छन् । तर, प्रधानमन्त्री ओलीप्रतिको सोचाई मधेशमा…