शिवकुमार चौधरीको  हेल्लो हाई सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

शिवकुमार चौधरीको  हेल्लो हाई सार्वजनिक (भिडियो सहित)



गायक शिवकुमार चौधरीको भावना एल्बममा समावेश रहेको “हेल्लो हाइ भन्नु केवल बोल्ने एउटा बहाना हो” बोलको गीतको म्युजिक भिडियो भर्खरै युट्युब मार्फत सार्वजनिक भएको छ । गीतकार प्रकाश सुवेदीको शब्द र कल्याण सिंहको संगीत रहेको उक्त गीतमा सामाजिक सञ्जाल या फोन मार्फत यूवा यूवतीहरु एक आपसमा आकर्षित हुने र अन्ततः प्रेम सम्बन्धमा गाँसिने कुरा गीतकार सुवेदीले आफ्नो गीतमार्फत अभिब्यक्त गर्न खोजेको छन् ।

नायिका बर्षा शिवाकोटी र शरद रोका (विन्टर) को अभिनय, उत्सव दाहालको छायाङ्कन, शुरेश राउतको सम्पादन रहेको उक्त गीतको भिडियो निर्देशन जीवन शाहीले गरेका हुन् भने प्रचार प्रसारको लागि एडुकेशन एण्ड माइग्रेसन कमर ले सहयोग गरेको छ ।

https://www.youtube.com/watch?v=0yI57W_ntgo&feature=youtu.be