प्रधानमन्त्री र कानुमन्त्री राष्ट्रपति निवासमा: सम्भावित कदम र रणनीतिबारे छलफल - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

प्रधानमन्त्री र कानुमन्त्री राष्ट्रपति निवासमा: सम्भावित कदम र रणनीतिबारे छलफल



काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली र कानुनमन्त्री लिलानाथ श्रेष्ठलाई बोलाएर छलफल गरेकी छन् । संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई भैरहेका बेला राष्ट्रपति भण्डारी छलफलमा व्यस्त भैरहेकी छन् ।

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली मनाल्बार बिहान शीतलनिवास पुगेका थिए भने कानुनमन्त्री श्रेष्ठ दिउँसो पुगेका थिए । एकैदिन तर फरक फरक समयमा प्रधानमन्त्री र कानुनमन्त्रीलाई बोलाएर राष्ट्रपतिले लामो छलफल गरेको बुझिएको छ।

भेटमा भएको छलफलबारे औपचारिक रूपमा केहि नखुलाइएपनि अबका सम्भावित कदम र रणनीतिबारे छलफल भएको स्रोतको दाबी छ । सर्वोच्च अदालतमा सुनुवाई भैरहेको मुद्दामा निवेदक पक्षका सबैजसो अधिवक्ताहरूले राष्ट्रपतिको बदनियतबारे बहस गरेका थिए ।

ओली निकटका केहि नेताहरूले सम्भावित सबै कदमको लागि प्रधानमन्त्री तयारी अवस्थामा अहेको बताईरहेको र ओली स्वयमले सार्वोच्च अदालतमाथि प्रश्न चिन्ह उठाएका बेला बाक्लिएको शितलनिवासको छलफललाई अर्थपूर्ण मान्न सकिन्छ ।

प्रधानमन्त्री ओली मंगलबार बिहान १० बजेर १० मिनेटदेनि ११ बजेर २० मिनेटसम्म छलफल गरेका थिए भने कानुनमन्त्री श्रेष्ठले दिउँसो ३ बजेदेखि ४ बजेसम्म शितलनिवासमा छलफल गरेका थिए ।