महाधिवेशनको मुखमा प्रकाशमानले छोडे पौडेल समूह - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

महाधिवेशनको मुखमा प्रकाशमानले छोडे पौडेल समूह



काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा रोचक दृश्यहरू देखिन थालेका छन् । साझा उम्मेदवार तय गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको बैठकमा नेता प्रकाशमान सिंह नजाने भएका छन्।

पोउडेल समोहमै रहेका रहेका नेता सिंह सभापतिको समेत आकांक्षी हुन् । पौडेलले बोलाएको बैठकमा नेता सिंह नजानुलाई अर्थपूर्ण मानिएको छ ।

पौडेलले दिउँसो २ बजे बस्ने गरी बसुन्धरामा बैठक डाकेका छन्।पौडेलले बोलाएको बैठकमा नेता सिंह अनुपस्थित हुने उनका प्रेस संयोजक युपी लामिछाने जानकारी दिए।

सिंह सभापतिको दाबी गर्ने मध्येका एक नेता हुन्। सभापतिमा दाबी गर्ने सोही समूहका डा शशांक कोइराला र डा शेखर कोइराला भने बैठकमा उपस्थित हुने बताइएको छ।

आसन्न महाधिवेशनमा आफ्नो समूहबाट सभापतिमा एकल उम्मेद्वारी दिने विषयमा छलफल गर्न बैठक डाकेको जनाइएको छ। साथै, बै‍ठकमा आइतबार बस्ने केन्द्रीय समितिको बैठकमा राखिने धाराणाका सन्दर्भमा पनि छलफल हुने भएको छ।

संस्थापनइतरका नेता अर्जुननरसिंह केसीले बैठकको संयोजन गरेका छन्।