सिंहले दिए इतर समूहलाई धोका, देउवासँग भयो ठुलै लेनदेन - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

सिंहले दिए इतर समूहलाई धोका, देउवासँग भयो ठुलै लेनदेन



काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इतर समूहलाई धोका दिएका छन् । उनले दोस्रो चरणको चुनावमा शेरबहादुर देउवालाई सघाउने भएका छन्।

नेतृत्व परिवर्तनको पक्षमा रहेको भन्ने प्रकाशमानले अन्तिम समयमा आएर इतर समूहका उम्मेदवारलाई धोका दिएका छन् । उनको यो निर्णयले कांग्रेसको नेतृत्व परिवर्तन यो पटक पनि नहुने पक्का भएको छ ।

यसअघि हरेक सार्वजनिक कार्यक्रममा कांग्रेसको नेतृत्व परिवर्तन अपरिहार्य भएको गफ लगाएका प्रकाशमानको यो निर्णयले कांग्रेसलाई फेरि उनी नेतृत्वको मुखमा धकेलेको छ । उनको लागि नाफाकै खेल भएपनि कांग्रेसको लागि भने उनको यो निर्णय आत्मघाती हुने एक नेताले बताएका छन् ।

देउवाले मतदान नसकिंदै प्रकाशमानलाई भेट्न दूत पठाएका थिए । उनीहरूबीच राम्रै लेनदेन भएको कांग्रेसका एक नेता बताउँछन । उनका अनुसार प्रकाशमान र देउवाबीच ठुलै लेनदेन भएको छ ।

आफूलाई भेट्न आएका देउवासँग उनले यस विषयमा लिखित सहमति गरेका हुन् ।