शिल्पाको एक्सन अवतार - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

शिल्पाको एक्सन अवतार



असार २९ गतेलाई प्रदर्शन मिति तय गरिएको अभिनेता अनुप विक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल स्टारर फिल्म ‘वीराङ्गना’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा शिल्पा र अनुपको एक्सन अवतार देखाइएको छ ।एक्सन र रोमान्टिक अवतारमा प्रस्तुत अभिनेता पुथ्वीराज प्रसाईँलाई भने ट्रेलरमा निकै कम स्क्रिन ‘स्पेस’ दिइएको छ । यसमा घोडा र बाँदर पनि प्रयोग गरिएको छ । पहिलो पटक शिल्पा र अनुपले स्क्रिन साझेदारी गरेका कारण यो फिल्मप्रति दर्शकमा चासो केही माथी देखिएको छ ।

प्रज्वल गिरी, शुशिल पोखरेल, ध्रुव कोईराला, प्रिया रिजाल, धिरेन शाक्य, कृष्ण शिवाकोटी, देव तामाङलगायतका कलाकारहरुको समेत अभिनय रहेको ‘वीराङ्गना’ लाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । कथा पनि निर्देशक स्वयमको हो । यो फिल्म फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले संयूक्त रुपमा निर्माण गरेका हुन् । यसमा सुमी चामलिङ राई सह-निर्माता रहेकी छिन् । फिल्ममा दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छायांकन छ ।