शिक्षामन्त्रीकै अगाडि केएमसीका प्रिन्सिपलले देखाए दादागिरी - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

शिक्षामन्त्रीकै अगाडि केएमसीका प्रिन्सिपलले देखाए दादागिरी



काठमाडौं । अतिरिक्त शुल्क उठाएर ठगी गरेको विरोधमा उत्रिएका एमबिबिएसका विद्यार्थीलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)का प्रिन्सिपल रतिचन्द्र श्रेष्ठले शिक्षमन्त्री देवेन्द्र पौडेलकै अगाडि हपारेका छन् ।

बिहीबार अनुगमनका लागि कलेज पुगेका शिक्षामन्त्री पौडेललाई विद्यार्थीले समस्या सुनाउने क्रममा प्रिन्सिपल श्रेष्ठले बीचमै रोकेर हपारेका हुन् ।

मन्त्रीले कुनै त्रासविना समस्या राख्न आग्रह गरेपछि विद्यार्थी बोल्न थालेका थिए । कलेजले अतिरिक्त शुल्क मागेको, होस्टेलको शुल्क धेरै मागेकोलगायत गुनासा सुनाउँदै गर्दा श्रेष्ठले बीचैमा रोकेर प्रमाण देखाउन चुनौती दिँदै धेरै नबोल्न चेतावनी दिएका थिए ।

केही दिनअघि पहिलोपटक केएमसी अनुगमनमा पुग्दा कलेज पदाधिकारीले बढी शुल्क लिएको पुष्टि गर्न मन्त्री पौडेललाई नै चुनौती दिएका थिए ।

केएमसी र नोबेलका विद्यार्थी झन्डै महिना दिनदेखि आन्दोलनमा छन् । अतिरिक्त शुल्क तथा चर्को होस्टेल शुुल्क तिर्न नमान्ने विद्यार्थीलाई कलेजले पढाइबाट नै वञ्चित बनाएका छन् ।