जनतालाई कोरोना र भोकको चिन्ता, शिक्षामन्त्रीलाई स्कूल खोल्ने चिन्ता
काठमाडौँ- देश कोरोना संक्रमणका कारण थालिएको बेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल भने विद्यालय खुलाउने ध्याउन्नमा छन् । आगामी असार १ गतेबाट पठन सुचारु गर्न संघ, प्रदेश तथा स्थानीय तहलाई उनले आह्वान गरेका छन् ।
सबैभन्दा असुरक्षित क्षेत्र मानिने विद्यालयहरू खोल्न मन्त्री नै सबै छाडेर लागिपरेपछि उनको चौतर्फी आलोचना समेत भैरहेको छ । मन्त्री गिरीराजमणी पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै लामो समयसम्म पढाई अवरुद्ध भएका कारण क्षती पुग्न जाने भन्दै यस्तो अपिल गरेका हुन् ।
कोरोना संक्रमण दिनदिनै बढिरहेकै बेला उनले शैक्षिक क्षतिलाई न्यूनीकरण गर्न अपरिहार्य रहेको भन्दै विद्यालय जाने उमेर समूहका बालबालिकाको नियमित पठान पाठनको सहज अवस्था सिर्जना गर्न आह्वान गरेका छन् ।
मन्त्रालयले वैैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण गर्ने सम्बन्धि निर्देशिका २०७७ जारी गरेको उनले जनाएका छन् ।
उनले भनेका छन्, ‘सो निर्देशिकालाई यहि २०७७ साल असार १ गतेबाट कार्यन्वयन गर्न गराउन संघ, प्रदेश र स्थानीय तहका सबै निकाय तथा सरोकारवालाई हार्दिक आव्हान गर्दछु ।’
साथै उनले सामुदायिक विद्यालय पनि निजिलई सुम्पेको बारे पनि मुख खोलेका छन् । मन्त्री पोखरेल बजेट वक्तव्यको बुँदा नम्बर १६६ बारे मन्त्री पोखरेलले शिक्षा मन्त्रालयको प्रस्ताव भएको स्पष्ट पारेका छन् ।
‘बजेट वक्तव्यको बुँदा नम्बर १६६ मा उल्लेखित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा प्रस्ताव नगरिएको भएता पनि सार्वजनिक विद्यालयको सवलीकरण र सुदृढिकरण निम्ती गैरसरकारी क्षेत्र, विकास साझेदारहरुको सहयोग र योगदानलाई पुरक कार्यक्रमका रुप विद्यालयको व्यवस्थापन र स्वामित्व यथावत गरिने गरि परिचालन गरिनेछ,’ उनले भनेका छन् ।