शिक्षकमाथि दमन गर्ने अधिनायकवादी सरकार हो : रासपा - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

शिक्षकमाथि दमन गर्ने अधिनायकवादी सरकार हो : रासपा



काठमाडाैं । राष्ट्रिय समाजवादी पार्टी नेपालले राहात तथा बालविकास काेटाका शिक्षकहरुले गरेकाे आन्दाेलनमाथि भएकाे प्रहरी हस्तक्षेपकाे विराेध गरेकाे छ । राहत शिक्षकले गरेको शान्तिपूर्ण प्रदर्शनमा व्यापक धरपकड, दमनकारी शैलीमा हस्तक्षेप भएको भन्दै विराेभ गरेकाे हाे ।

राष्ट्रिय समाजवादी पार्टी, नेपालले सामुदायिक विध्यालयमा लामो समयदेखि अध्यापनरत राहत शिक्षकले काठमाण्डौको नया बनेश्वरमा शान्तिपूर्ण प्रदर्शन गरेको अवस्थामा प्रहरीको लाठिचार्ज र पानीको फोहोराबाट दर्जनौ शिक्षक घाइते भएकोप्रति दु:ख व्यक्त गरेकाे छ ।

पार्टीका सस्थापक केन्द्रीय अध्यक्ष रुद्र जङ पुलामीले विज्ञप्तिमार्फत शान्तिपूर्ण ढङ्गबाट आफ्ना जायज माग राखी प्रदर्शन गर्न पाउने नैसर्गिक अधिकारमाथि सरकारले अङ्कुश लगाएर अधिनायकवादी चरीत्र प्रदर्शन गरेकाे बताए ।

पुलामीले आन्दोलनमा घाइते भएका शिक्षकहरुको पूर्ण स्वास्थ्यलाभको कामना गर्दै नेपाल सरकारसँग राहत शिक्षकको माग अविलम्ब पूरा गर्न आग्रह गरेको छन् ।