शिक्षकको प्रदर्शनमा प्रहरीको दमन - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

शिक्षकको प्रदर्शनमा प्रहरीको दमन



काठमाडौं । राहत र बालविकास शिक्षकहरुले पेशागत स्थायीत्वको माग गर्दै नयाँ बानेश्वरमा गरेको प्रदर्शमा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न लागेका राहत र बालविकास शिक्षकलाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेकाे छ ।

प्रदर्शनका क्रममा केही शिक्षक घाइते भएका छन् । अश्रुग्यासका कारण पैदलयात्री र सर्वसाधारण पनि प्रभावित भएका छन् ।

यसअघि आइतबार पनि प्रदर्शनका क्रममा राहत शिक्षकमाथि प्रहरीले पानीको फोहोरा हानेको थियो ।

फाइल तस्विर