नि:शुल्क शिक्षाको लागि आन्दोलन गरौँ: डा. भट्टराई - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नि:शुल्क शिक्षाको लागि आन्दोलन गरौँ: डा. भट्टराई



काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विद्यालय शिक्षालाई निःशुल्क बनाउनका लागि दबाब दिन विद्यार्थी संगठनका नेताहरुलाई आग्रह गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित ‘विद्यार्थी आन्दोलन र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले संविधानमा व्यवस्था गरिएको शिक्षा र स्वास्थ्यसम्बन्धी मौलिक हकलाई लागू गराउन तत्काल कानुन निर्माण गर्न सरकारसँग माग पनि गरे ।

संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै उनले त्यसलाई लागू गर्न कानुन निर्माण गर्नुपर्नेमा जोड दिए ।

शिक्षा र स्वास्थ्यसम्बन्धी मौलिक हक लागु गराउन दबाब सिर्जना गर्न उनले विद्यार्थी संगठनहरुलाई आग्रह गरे । सरकारले हुनेखानेकै पक्षमा शैक्षिक नीति लिएको भन्दै उनले असन्तुष्टिसमेत व्यक्त गरेका थिए ।