डडेल्धुरा बस दुर्घटना : शिखर नगरपालिकाद्बारा मृतक र घाइतेलाई सहयोग गर्ने घोषणा  - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

डडेल्धुरा बस दुर्घटना : शिखर नगरपालिकाद्बारा मृतक र घाइतेलाई सहयोग गर्ने घोषणा 



डोटी । शिखर नगरपाली डोटीले डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा यहि मंसिर ६ गते भएको दुर्घटनाका मृतक र घाइतेहरुलाई राहात स्वरुप आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

शनिबार शिखर नगर कार्यपालीकाको वैठकले दुर्घटनामा परेका मध्य शिखर नगरपालीका घर भएकाहरु मृतकका परिवारलाइ जनहि तीस हजार र घाइतेलाइ पन्ध्र हजार सहयोग गर्ने निर्णय गरेको शिखर नगरपालिकाका प्रमुख सिताराम जिशीले वताउनु भयो ।

दुर्घटना भएको बस शिखर नगरपालीका भित्रको र घाइते र मृतक पनि अधिकांस सोहि नगर भित्रको भएका कारण मानविय समवेदनाका हिसावले सहयोग गर्ने निर्णय गरिएको नगर प्रमुख जोशीले वताउनु भयो । साथै नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै शिखर नगरपाली भित्रका सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यलय भोली एक दिन शोक मनाउदै बन्द गर्ने निर्णय गरेको छ ।

बस दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएका थिए । जस मध्य शिखर नगरपालीका घर भएका ९ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका थिए । दुर्घटनामा परेका घाइतेहरुको डडेल्धुरा, धनगढी , नेपागंज र काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।