शिक्षा दिने जिम्मा सरकारले लिनुपर्छ : सांसद रावल - Himal Post Himal Post
  • ९ बैशाख २०८२, मंगलवार
  •      Tue Apr 22 2025
Logo

शिक्षा दिने जिम्मा सरकारले लिनुपर्छ : सांसद रावल



लिला जङ्ग शाही

बौनिया,कैलाली । कैलाली क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य तथा नेकपाका केन्द्रिय सदस्य सांसद झपट रावलले शिक्षा दिने जिम्मा सरकारले लिनु पर्ने बताउनु भएको छ ।

कैलालीको मोहन्याल गाउँपालिका- ७ कचालीमा शनिबार पुर्ब प्राथमिक बिधालय भवनको शिलान्यास गर्दै प्रतिनिधि सभा सदस्य सांसद रावलले उक्त कुरा बताउनु भएको हो  । शिक्षा मौलिक हक र नैसर्गिक अधिकार भएकोले शिक्षामा सबैको पहुँच पुर्‍याउने काम अहिलेको तिनै तहका सरकार रहेको समेत बताउनुभयो ।

उक्त कचाली गाउँमा करिब ३० घर परिवारका बाल बालिकाहरुलाई पुर्ब प्राथमिक शिक्षामा अध्यन गर्न अरनिको आधार भुत बिधालय पुग्न डेढ घन्टा पैतल हिड्नु पर्छ । करिब ५५ जना बालबालिकाहरुलाई गाउँमै पुर्ब शिक्षा दिने उदेश्य पहिलो पाइला शिक्षा अभियानले विद्यार्थीलाई बोक्ने झोला कार्यक्रम अन्तरगत झोला पनि बितरण गरेको छ ।

तीन कोठे पक्की भवन सहयोग दाताहरुको सहयोगमा निर्माण गरिने भएको छ । भवन निर्माणका लागि जिल्ला समन्वय समितीका सभापति सुर्य बहादुर थापाले ११ हजार ,कृष्ण बटालाले ११ हजार र राम दत्त जोसिले १० हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ । साथै गाउँपालिका अध्यक्ष नवल सिंंह रावलले पनि गाउँपालिकाबाट बजेट बिनियोजित गर्ने बताउनुभयो ।

भवनको शिलान्यास कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति सुर्य बहादुर थापा ,गाउँपालिका अध्यक्ष नवल सिंंह रावल ,नेकपा जिल्ला सचीव लाल बहादुर सोडारी ,वडा अध्यक्ष खर प्रशाद अधिकारी ,वडा सदस्य शंकर बिष्ट पहिलो पाइला नेपालका राम दत्त जोशीले मन्तव्य राख्नु भएको थियो । पहिलो पाइला नेपालका अध्यक्ष लक्ष्मन बजगाइको सभापतित्वमा भएको कार्यक्रमको संचालन सुरज गिरिले गर्नु भएको थियोे ।