शिक्षकको बिदाइ : भावुक भए विद्यार्थी र सहकर्मी - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

शिक्षकको बिदाइ : भावुक भए विद्यार्थी र सहकर्मी



बौनिया ,कैलाली । एक भव्य औपचारिक कार्यक्रमको आयोजना गरि शिक्षक लिलाराम बिश्वकर्माको बिदाइ गरिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर-१ बौनिया स्थित बसन्त मुरारी माविमा कार्यरत शिक्षक बिश्वकर्मालाई मंगलबार बिदाइ गरिएको हो ।

शिक्षक सेवा आयोगबाट लिएको परीक्षामा निमावि तहको गणित र बिज्ञानमा नाम निकाल्न सफल भएपछि उनलाई विद्यालयबाट बिदाइ गरिएको छ । शिक्षक लिलाराम बिश्वकर्माको हाल बाजुरा सदरमुकाम मार्तडी स्थित मालिका मोडेल माविमा पदस्थापन भएको हो ।

लामो समयसम्म एउटै विद्यालयमा पठन पाठन गर्दै आएका शिक्षकको बिदाइमा उपस्थित हुँदा सबै भावुक भए । कार्यक्रममा सहभागी विद्यार्थी र सहकर्मी शिक्षकका आँखामा बिछोडका आँसु निस्किए । ऊनीहरु सबैले बिगतमासंगै काम गर्दाका पलहरुको स्मरण गरे । बिगत १६ बर्षदेखि निमावि राहत अनुदान कोटामा नियुक्त भएका शिक्षक बिश्वकर्माले सोही विद्यालयमा गणित र बिज्ञान विषय अध्यापन गराउँदै आएका थिए ।

यसअघि बसन्त मुरारी माविमा २०६० कार्तिक १५ मा नियुक्त भएका उनि कुशल, अनुभवी र मिलनसार शिक्षक भएको भन्दै विद्यालयले प्रसंशा तथा फूलमाला, खादा र दोसल्ला ओढाएर सम्मानित गरिएको हो । विद्यार्थी, शिक्षक, अभिभावक, प्रशासन र ब्यवस्थापन समितिले उनको आगामी पेसागत सफलताको शुभकामना समेत व्यक्त गरेका छन् ।

विद्यालयका प्राचार्य भूमिप्रकाश बमको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अथिति ब्यवस्थापन समिति अध्यक्ष टंकबहादुर कुँवर रहेका थिए भने बिशिस्ट अतिथिमा शिक्षक अभिभावक संघ अध्यक्ष मिरादेवी आलेमगर रहेका थिए । सहायक प्राचार्य राकेश हमालको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रममा विद्यार्थी विश्ना खतिवडा, शिक्षक गीता कडायत, गणेशप्रसाद जोशी विद्यालय ब्यवस्थापन समितिका सदस्य अमर बम र पद्मा साउँद लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन शिक्षक गणेशप्रसाद दाहालले गरेका थिए ।