शिक्षक बन्न फस्ट डिभिजन ल्याउनै पर्ने - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

शिक्षक बन्न फस्ट डिभिजन ल्याउनै पर्ने



काठमाडौं । स्नातकोत्तर तहमा प्रथम श्रेणीमा उर्तीण वा न्युनतम बी प्लस ग्रेड ल्याएका व्यक्तिलाई मात्र माध्यमिक तहको शिक्षकमा छान्न उच्चस्तरीय शिक्षा आयोगले सरकालाई सुझाएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

शिक्षक छनोट प्रक्रियामा कडाइ गर्न सके अब्बल व्यक्ति मात्र शिक्षण पेसामा छिर्ने र उनीहरुबाट हुने शिक्षक सिकाई क्रियाकलाप पनि प्रभावकारी हुनेमा आयोगका सदस्य एकमत छन् ।

अहिले एसईईमा सबैभन्दा तत्ल्लो ग्रेड ल्याएका व्यक्तिले शिक्षाशास्त्र संकाय पढ्ने गरेको र त्यही संकाय उतीर्ण गरेका व्यक्ति मात्र शिक्षक बन्दा विद्यालय शिक्षा धरासायी बनेको आरोप लाग्ने गरेको छ।

सरकारले पाँच महिनाअघि गठन गरेको आयाेगले तयार पारेको प्रतिवेदनको मस्यौदामा तीक्ष्ण बुद्धि भएकालाई शिक्षण पेसामा आकर्षित गराउन जुन संकायबाट भएपनि स्नातकोत्तर तहमा सबैभन्दा उच्च अंक ल्याएका व्यक्तिलाई एकमहिने तालिम दिएर करारमा शिक्षक नियुक्त गर्न सकिने सुझाब दिएको छ।