शेयर कारोबारीले चन्दा नदिएपछि नकारात्मक टिप्पणी गरेको आरोप - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

शेयर कारोबारीले चन्दा नदिएपछि नकारात्मक टिप्पणी गरेको आरोप



काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेयर बजारबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको टिप्पणी चन्दा नपाएपछि आएको अभिव्यक्ति रहेको आरोप लगाएका छन् ।

बुधबार शपथ लिएका एमालेका मनोनीत केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्ने क्रममा ओलीले प्रचण्ड लेनिनभन्दा बढी जान्ने बन्दै प्रतिक्रिया दिएको बताए ।’

ओलीले शेयर कारोबारीले चन्दा नदिएपछि प्रचण्डले नकरात्मक टिप्पणी गरेको आरोप लगाएका छन् ।

‘शेयरमा लगानी गर्ने जनताको जीवन के असर पर्छ कुनै मतलब छैन । कुन शेयर कारोबारीले चन्दा दिएन होला । अब म ध्वस्त पारिदिन्छु भनेर उनले त्यस्तो भनिदिए,’ ओलीले भने ।

आफूले त्यस्तो टिप्पणी गरेको खण्डमा सडकमा ठूलो आन्दोलन भइसक्ने ओलीको भनाइ थियो । केही दिनअघि प्रचण्डले शेयर बजार साम्राज्यवादकाे विकसित रूप रहेकाे टिप्पणी गरेका थिए ।