श्रेयस अय्यरले ४० बलमा ९३ रनको पारी खेल्दा दिल्लीको दोस्रो जीत - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

श्रेयस अय्यरले ४० बलमा ९३ रनको पारी खेल्दा दिल्लीको दोस्रो जीत



काठमाडौं– दिल्ली डेयरडेभिल्सले शनिवार खेलिएको खेलमा कोलकता नाइट राइडर्सलाई ५५ रनले हराएर यस सिजनमा दोस्रो जीत निकालेको छ ।

नयाँ दिल्लीको फिरोजशाह कोटला ममैदानमा भएको खेलमा दिल्लीले पहिले व्याटिङ गर्दै ४ विकेटको क्षतिमा २ सय १९ रन बनाएको थियो । यसमा दिल्लीका नयाँ कप्तान श्रेयस अय्यरले ४० बलमा ९३ रनको पारी खेल्दा दिल्लीले दोस्रो जीत निकालेको थियो ।

अय्यरले तीन चौका र १० छक्का प्रहार गरेका थिए । अय्यसले अन्तिम ओभरमा चार छक्का र १ चौकाको मद्तमा २९ रन बनाए । २२० रनको लक्ष्य पछ्याएको उत्तरी कोलकता नाइट राइडर्सको टीम २० ओभरमा नौ विकेटमा १६४ रन मात्र बनाउन सक्यो ।

दिल्लीको यस जितको श्रेय अय्यरकालाई दिइएको छ